वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

अर्थमन्त्री पुनसँग एआईआईबीले भन्योः नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

 एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो ।  त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरुले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए ।

रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे । उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए । ५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए । मन्त्री पुनको उक्त आग्रहका लागि धन्यवाद दिँदै रथनायेकेले बहुवर्षीय आयोजनाहरुको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औंल्याए  । मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए ।

https://barnanmedia.com/news/detail/173203/

सुदूरपश्चिममा मुख्यमन्त्री चयनमा प्रदेश प्रमुखको बलमिच्याइँ, नवनियुक्त मुख्यमन्त्री सोडारीको पद धरापमा

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भए पनि पद धरापमा परेको छ। गठबन्धनभित्रै एमालेसँग टसल त छँदैथियो, नागरिक उन्मुक्ति पार्टीको आन्तरिक कलहको साइड इफेक्ट सरकार गठनमा परेको छ। 

नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता र उनका पतिसमेत रहेका संरक्षक रेशम चौधरीबीचको लामो समयदेखि टकराब छ। यो दलबाट मुख्यमन्त्रीका लागि दुबैले आआफ्ना उम्मेदवार अघि सारेका थिए। पछि प्रदेश प्रमुख नजिर मियाँले एकै दलबाट मुख्यमन्त्रीका दुई उम्मेदवार बन्न नसक्ने भन्दै दाबी रद्द बिहीबार नै पद तथा गोपनियताको सपथ गराएका छन् । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह पनि सपथग्रहणमा सहभागी भएनन् । यो विषयमा प्रदेश प्रमुखले लिएको निर्णय विवादित त छँदैथियो।

https://barnanmedia.com/news/detail/173205/

माधव नेपाल मच्चिए, मच्चिए, थच्चिए

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दीर्घ सोडारीहरु कांग्रेससँग मिल्न जाँदासम्म माधव नेपाल गठबन्धनको विकल्प सोच्न सहिरहेका थिएनन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीका नाममा समर्थनपत्र लेख्दासम्म पनि नेपाल त्यसमा सहमत भइसकेका थिएनन् ।

जब कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको ललीपप सँुघाए, त्यसपछि माधव नेपालभित्र अनौठो भूत चढ्यो । केपी शर्मा ओली, एमाले र हालको गठबन्धनको नाम सुन्यो कि ज्वरो आउने स्थितिमा उनी पुगे । जसरी हुन्छ, यो गठबन्धनबाट अलग हुने बहाना खोज्न थाले ।

https://barnanmedia.com/news/detail/173206/

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा...

पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न आज १ः३० बजेतिर बैंक निस्कनुभयो । 

मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उहाँ नयाँ बजारस्थित कृषि विकास बैंक जानुभयो । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन । पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाउनुभएन । वरपर खोज्दा झोला फेला नपरेपछि उहाँ ठूलो तनावमा पर्नुभयो, यसबारेमा प्रहरीलाई खबर पुग्यो ।

नेपाल टेलिकमकाे विभिन्न पदमा स्थायी कर्मचारी माग {सूचना हेर्नुहोस्}

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । 

https://barnanmedia.com/news/detail/173226/

नेपाली सेनाले माग्याे ठूलो संख्यामा आवेदन

 नेपाली सेनाले ठूलो संख्यामा आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना जारी गर्दै विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त माग गरेको हो । जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

https://barnanmedia.com/news/detail/173225/

स्वास्थ्य मन्त्रालयले गर्‍यो कर्मचारीहरुको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा गरेको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्णय अनुसार दशौँ र एघारौँ तहका कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी तोकिएको हो।

कसरी गर्ने पदयात्राको तयारी ?

पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र माउन्टेनियरिङका लागि गएको देखिन्छ । सो वर्ष कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल आएकोमा एक लाख ५४ हजार दुई सय ६२ जना पदयात्रा र माउन्टेनियरिङका लागि आएका थिए ।

दक्षिण कोरिया आर्थिक विकासको सुत्र

नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौँमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ ।मैले नेपालका राजनिति, अर्थ सरोकारवालासँग भलाकुसारी गर्दा कोरियाको आर्थिक विकासको रहस्य के हो भनेर जिज्ञासा धेरै पटक पाएको छु। कोरिया विकासका विभिद पक्षहरु मध्ये एक प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले चालेको सकारात्मक कदम र लगानीको सही सदुपयोग हो भन्ने लाग्छ ।

शास्त्रीय अर्थशास्त्रलाई नियाल्नेहो भने उत्पादनका आधारभूत पक्षका रुपमा श्रम, पुँजी र भूमिलाई लिने गरिएको छ । कोरियाको आर्थिक विकासको क्रममा पर्याप्त लगानी गर्ने पुँजी थिएन र जुटाउन सजिलो पनि थिएन । सरकारले पुँजी जुटाउनका लागि वैदेशिक ऋण तथा प्रत्यक्ष विदेशी लगानी (एफडी) आकर्षित गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ । श्रम र भूमि भने हामीलाई उपलब्ध थियो ।

सुनको भाउले आज फेरि राख्यो नयाँ रेकर्ड

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुप्रिम सहकारी प्रकरणमा प्रकाउ परेकाहरुको पक्षमा भएको थुनछेक बहस सकियो

बुटवलको सुप्रिम सहकारी प्रकरणमा प्रकाउ परेकाहरुको पक्षमा भएको थुनछेक बहस सकिएको छ। पक्राउ परेका अध्यक्ष ओम गुरुङसहित ७ जनाको पक्षमा हिजोबाट चलेको बहस शुक्रबार सकिएको हो । 

अध्यक्ष गुरुङको पक्षमा बहस सकिएपछि अब आदेश आउने जिल्ला अदालत सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी  दिए ।  आज गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी,यमलाल खनाल,शान्ता पौडेलले बहस गरेका थिए ।

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्यक्रमको अन्तरसरकारी वार्ता समिति (आइएनसी–४) को चौथो सत्र अप्रिल २३ देखि अप्रिल २९ सम्म राजधानी ओटावामा आयोजना हुने र सन् २०२४ को अन्त्यसम्म प्लास्टिक प्रदूषणमा एक वैश्विक सम्झौताको विकासका लागि अगाडि बढ्ने उल्लेख छ । 

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

 चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । 
एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने बैशाख १३ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले  बताए 

अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन सहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि बुधवार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो । विमानस्थल भएर पटक पटक सुन तस्करीका हुने गरेका छन् । 

सलमानको घरमा गोली, विक्कीका भाइ पक्राउ

भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्त विक्की गुप्ताका भाइ सोनु गुप्तालाई पनि मुम्बई प्रहरीले नियन्त्रणमा लिएको हो। हाल उनीसँग सोधपुछ जारी छ। गोली हान्ने षड्यन्त्रमा सोनु गुप्ता पनि संलग्न रहेको मुम्बई प्रहरीको आशंका छ।  उक्त गोलीकाण्डमा मुम्बई प्रहरीले अर्को महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार अभियुक्त सागर पाल गुन्डाहरूको जीवनशैलीबाट प्रभावित थिए। उनी आफ्नो सपना पूरा गर्न गिरोहमा सामेल भएको प्रहरीले जनाएको छ।

गिरोहसँग हात मिलाएर उनले अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने काम पाएका थिए। पक्राउ परेका व्यक्तिहरूलाई सलमान खानको घरमा गोली चलाए ठूलो रकम पाउने भनिएको थियो। 

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, बाँकी आठै जनालाई सफाइ

 नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचर मुद्दामा दोषी ठहर भएका छन् । ६ महिना अघि दायर मुद्दामा विशेषले उनीमाथि कसूर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । 

नेसनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका अन्य आठ जनाले भने सफाइ पाएका छन् । जसमा तत्कालीन अर्थसचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रणिता उपाध्यायलगायत छन् ।