एक महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला
काठमाडाैँ । श्रीलङ्कामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन् । साथै डेंगी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले जानकारी गराएको छ ।
एनडीसीयुले शुक्रबारसम्म १० हजार ६३५ जनामा सङ्क्रमण भएको उल्लेख गरेको छ र तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको बताएको छ । पश्चिमी प्रान्तमा सबैभन्दा बढी ३ हजार ४८९ जनामा सङ्क्रमण फेला परेको छ भने त्यसपछि उत्तरी प्रान्तमा २ हजार ७३४ जनामा सङ्क्रमण भएको पाइएको छ ।
गत वर्ष ८८ हजारमा डेंगी सङ्क्रमण भएको थियो र तीमध्ये ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो । यसैबीच स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको छ ।
विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने
श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार जनाए अनुसार यो परियोजना विशेष गरी केन्द्रीय बैंकद्वारा प्रबन्धित श्रीलङ्का निक्षेप बीमा योजनामा केन्द्रित हुने बताएको छ ।
यस परियोजनाले प्रभावकारी निक्षेप बीमा योजनाका लागि अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप वित्तीय र संस्थागत क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको बताइएको छ । मन्त्रालयले जनाए अनुसार यसले रिजर्भ पनि बढाउनेछ जसले गर्दा भुक्तानी र बैंक रिजोलुसनका दायित्वहरू पूरा गर्न र वित्तीय प्रणालीमा जनताको विश्वास पनि बढ्ने छ ।
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
प्रतिक्रिया