विश्व बजारमा बढ्यो तेलको भाउ
हिजाे कारोबारमा तीव्र कमीपछि बिहीबार विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । मध्यपूर्वमा तनाव बढिरहेको भए पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केही खुकुलो बनेपछि तेलको भाउ बढेको हो ।
लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ७५ सेन्टमा पुगेको थियो । सोही अवधिमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ५ सेन्ट तल झरेर प्रतिब्यारेल ७४ डलर शून्य ६ सेन्टमा किनबेच भइरहेको थियो । ढुवानी गर्ने प्रमुख कम्पनीहरूले लाल सागरबाट हुने ढुवानी सुचारु गरेपछि बुधबारको कारोबारमा दुवै बेञ्चमार्कको भाउ २ प्रतिशतले घटेको थियो ।
अहिले बिहानबाट ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ५३ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ६६ सेन्टमा पुगेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि शून्य दशमलव ५० प्रतिशतले बढेर ७४ डलर १५ सेन्ट पुग्यो । लाल सागर भएर हुने ढुवानीमा केही सहजता देखिएको भए पनि मध्य पूर्वमा तनाव जारी छ ।
द्वन्द्वमा इरानको संलग्नताले तेल विक्री थप अप्ठ्यारो बनाएको विश्लेषण गरिएको छ । यस्तोमा तेल बजार पुनः बढ्न सक्ने बताइएको छ ।
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
प्रतिक्रिया