राष्ट्रपतिले उडाएका भूकम्पपीडितका वास र प्रचण्डले टक्टकाएको गणतन्त्रको धुलो
काठमाडौं । सोमबार देशका शीर्षस्थहरूसम्बन्धी दुईवटा घटना चर्चामा रहे ।
त्यसअघि सानीभेरी गाउँपालिका प्रमुखले भनेका थिए, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, मुख्यमन्त्री आउनुभयो, अवलोकन गर्नुभयो, छिटो गर्न निर्देशन दिनुभयो। नीतिगत कुरा गर्नुभयो। तर, यहाँ पाल छैन । कम्मल छैन । चामल छैन ।
तर यतिमै रोकिएनन् । उनले जाजरकोट गएर विपद पर्यटनमा सहभागी हुने भीआईपीको लस्करमा उभ्याए । उनका हेलिकप्टरले राहत होइन, आहत मात्र दियो पीडितलाई । अनि राहत कुरेर बसेका नागरिकलाई उनले भने, चिन्ता लिनुपर्दैन । म सरकारसँग कुरा गर्छु ।
दुई, यता सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल सर्वदलीय बैठकका नाममा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बोलाएर राष्ट्रिय सहमतिको धुन बजाए । राजावादीको विरुद्धमा गणतन्त्रवादी एकजुट हुने घोषणा गरे । उनले टक्टकाउँदा गणतन्त्रमा लागेको धुलो टक्टकाएजस्तो गरे, तर गणतन्त्र जोगाउने नाममा उनले आफ्नै सत्ता जोगाउने माहोलको रचना गरे । सत्तामा देखिएको आसन्न संकटविरुद्ध राष्ट्रिय शक्तिहरू एकजुट रहेको देखाउन खोजे ।
प्रचण्डहरुलाई थाहा हुनुपर्ने हो, गणतन्त्र कसैका कारणले संकटमा छ भने स्वयं उनीहरुकै व्यवहारले संकटमा छ । संघीय समावेशी गणतन्त्र आफ्ना परिवारका सदस्य र निकटतम नवधनाढ्यहरुलाई भाग पुगेपछि मात्र अरु कार्यकर्ता र जनताले पाउने व्यवस्थाका नाइकेहरु स्वयं व्यवस्था संकटमा परेको भन्दै डर देखाएर आफ्नो सत्तारक्षामा लागेको आमनागरिकले राम्रोसँग बुझेका छन् । देशको प्रधानमन्त्री आफै, भरतपुरको मेयर आफ्नै छोरी, कोसीको मन्त्री आफ्नै ज्वाइँ, राष्ट्रिय सभा सदस्य आफ्नै भाइ, मन्त्री र सांसद आफ्नै बुहारी हुनुपर्ने गरी गणतन्त्रका नाइकेहरु तानाबाना बुन्छन् । ती कुनै पनि अवसरबाट कुनै एक आफन्त वञ्चित हुन लाग्दा गणतन्त्र खतरामा परेको भन्दै नारा लगाउन थाल्छन् । यसरी टक्टकिँदैमा अब जनता आँखा चिम्लिएर उनीहरुका पछाडि लाग्नेवाला छैनन् । जनमनोविज्ञानभित्र उर्लिएको असन्तोषको ज्वारभाटा कुनै पनि नाममा पोखिनेछ । धैर्यको बाँध फुट्नेछ ।
तसर्थ जाजरकोटमा भूकम्पपीडितका बास उडाउने राष्ट्रपति होऊन् वा सिंहदरबारमा गणतन्त्रको धुलो टक्टकाउने प्रधानमन्त्री, स्वयं यो व्यवस्थाका विरोधी हुन् । उनीहरू नै व्यवस्थामा खतरा पैदा गर्ने तत्व हुन् ।
भूकम्पपीडितका घरमा पाल र कम्मल पुर्याएर यो चिसोमा जनतालाई जोगाउने हो भने व्यवस्था आफै जोगिन्छ ।
सर्वोच्चको आदेश: प्रचण्ड-बाबुरामलाई युद्ध अपराध मुद्दा नलाग्ने, बाल लडाकुलाई 'अ…
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
प्रतिक्रिया