९ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न (पूर्ण पाठ सहित)
यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदलगायत विभिन्न मन्त्रीहरू, राजदूतहरू, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरू, अग्रज तथा अभियन्ताहरु एवं संसारभरिका ५९ मुलुकका ४ हजार २ सय २७ प्रतिनिधि भौतिक र अनलाइनमार्फत् सहभागी भएका थिए।
संघको महाधिवेसनले डा. बद्री केसीको अध्यक्षतामा ७४ जना पदाधिकारी रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अनलाइन र प्रत्यक्ष रुपमा भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी आरके शर्मा र महेशकुमार श्रेष्ठ पराजित भएका थिए।
पराजित तथा असन्तुष्टहरुको समूहले बेग्लै कार्यसमिति घोषणा गरेको छ।
सम्मेलनले नागरिकता प्राप्तिको प्रक्रियालाई सहज र सरल बनाउन नेपाल सरकारसमक्ष अनुरोध गरेको छ। यस्तै, श्रम सम्झौता भएका मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न पनि माग गरेको छ।
सम्मेलनले बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेका अफ्रिकी मुलुकहरु, दक्षिण अमेरिका, इराक लगायतका क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि पहल गर्न गन्तब्य मुलुकमा दूतावास तथा कन्सुलर सेवा स्थापना गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
घोषणापत्रको पूर्ण पाठ यसप्रकार छ-
११ औं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौं घोषणा पत्र–२०२३
“नेपालीका लागि नेपाली” भन्ने मूल नारा र “ज्ञान र रुपान्तरण समृद्धिको आधार” भन्ने विषयमा केन्द्रित गैरआवासीय नेपाली विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन अक्टोबर १७ देखि २० सम्म काठमाण्डौँमा सम्पन्न भएको छ ।
सो सम्मेलनलाई सफल रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्ने विभिन्न राजनीतिक दल, विज्ञहरू, संघसंस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित काठमाडौं घोषणापत्र जारी गर्दछ ।
२. विदेशमा बस्ने नेपाली नागरिकहरुलाई मताधिकारको व्यवस्था भइसकेको अवस्थामा त्यसको कार्यान्वयनका लागि हाल बनिरहेको आवश्यक ऐन, कानून निर्माण कार्यलाई तीव्रता दिनुका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीहरुले सम्बन्धित देशस्थित नेपाली कूटनीतिक नियोगहरुमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवं राष्ट्रिय परिचयपत्र समेत बनाउन सक्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकार, निर्वाचन आयोग लगायत सम्बद्ध निकायहरुलाई संघ हार्दिक आग्रह गर्दछ ।
४. वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष तथा तालिम प्राप्त जनशक्ति मात्र विदेशमा पठाउने, थप नयाँ गन्तव्य मुलुक पहिचान गरेर उक्त देशको परिवेश अनुसार सचेतनात्मक सूचना प्रवाह गर्ने तथा श्रम सम्झौता भएको मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसंग श्रम सम्झौता गर्न संघ अनुरोध गर्दछ ।
६. विश्व ज्ञान सम्मेलनको निष्कर्ष अनुसार नेपाल सरकारका सबै तह तथा निजी क्षेत्रलाई आफ्नो बजेटको कम्तीमा १ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च गर्न, त्यस्तो रकमलाई कर छुट सम्मेलन आह्वान गर्दछ। त्यसै गरी नेपाल सरकार, निजी क्षेत्र तथा एनआरएनए समेतको सहभागितामा एउटा सामूहिक कोष खडा गरी सबै पक्षको सहभागितामा एउटा संचालक समिति समेत गठन गर्ने व्यवस्था मिलाउन यो सम्मेलन आग्रह गर्दछ । साथै, यो सम्मेलन राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान तथा विश्वविद्यालयहरुसंग सहकार्य गरी राष्ट्रिय नीति निर्माणमा सक्रिय भूमिका निेर्वाह गर्न आग्रह गर्दछ । विश्व ज्ञान सम्मेलनका निस्कर्षहरु कार्यान्वयन गर्न एउटा कार्यदल बनाउन पनि नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ ।
८. बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेका अफ्रिकी मुलुकहरु, दक्षिण अमेरिका, इराकलगायतका क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि पहल गर्न गन्तब्य मुलुकमा दूतावास तथा कन्सुलर सेवा स्थापना गराउन संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
प्रतिक्रिया