ईलाका प्रहरी कार्यालय छतवा माथि आक्रमण गरेकाे कुरा गलत हाे : स्थानीयबासी
काठमाङाैँ, ०१ कार्तिक । ईलाका प्रहरी कार्यालय छतवालाई बदनाम गर्ने उदेश्यले छतवा प्रहरी चौकीको बारेमा गलत समचार सम्प्रेषण भइरहेको स्थानियहरुले बताएको छ । ईलाका प्रहरी कार्यालय छतवामा नभएको घटनालाई समाचारमा देखाएर प्रहरी चौकीमा कार्यरत प्रहरी र छतवा प्रहरी चौकीलाई बदनाम गर्नमा लागि परेको भेटिएको छ ।प्रहरी चौकी तस्करको कब्जामा, इन्चार्ज सई फरार भन्ने शिर्षकको समचार भ्रामक र कपोकल्पित रहेको स्थानीयबासीले बताएको छ ।
यता भारतबाट तस्करी गरी ल्याइएको ५५ बोरा धानको बिषयलाई उछालेर तस्कर र स्थानीय बिच द्धन्द गराउन खोजीएको छतवाका स्थानीबासीले बताएका छन ।धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली स्थानीयले सोमबार आक्रमण पनि नगरेको उनीहरुले बताएका हुन ।छतवा प्रहरीलाई बदनाम गर्ने उदेश्यले गलत समचार सम्प्रेषण गरिएको पूर्व वडा अध्यक्ष हृदय नारायण यादवले बताउनु भयो ।
स्थानीय प्रहरीको सहयोगको कारणले सोमबार गाउँलेहरू मिलेर जिल्लाको प्रहरीलाई सहयोग गरेको उनले बताए । आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा भारतीय नम्बरको ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो तर स्थानीयले प्रहरी माथि आक्रमण गरेको कुरा एक दमै गलत रहेको समेत उनले बताए ।
दशगजा क्षेत्रमा रहेको धानको बोरालाई नियन्त्रण लिन पुगेको प्रहरीलाई सुरुमा स्थानीयहरुले धानको बोरा लैजान सहमति दिएपछि धान जिल्लामा आएको हो । प्रहरी चौकीमा गाँउपालिका अध्यक्ष , वडा अध्यक्ष सहितका जनप्रतिनिधि यसबारेमा चौकी इन्चार्ज यादव वरिष्ठ सई श्याम यादव संग बुझ्न गएका थिए । गाँउपालिकाका अध्यक्ष जुवेर अलि भुटोले पनि तस्करीको कुरालाई उचालेर स्थानीयहरुलाई बदनाम गराउन खोजिएको बताएका छन ।
ईलाका प्रहरी कार्यालय छतवामा बरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव आए देखिनै तस्करी नियन्त्रणमा आएको र बारम्बार उहाँ लगाएत छतवा प्रहरी चौकीलाई बदनाम गर्ने उदेश्यले समचार सम्प्रेषण हुने गरेको भेटिएको छ ।श्यामबाबु यादव इन्चार्ज भएर आए संगै त्यहाँका जनताहरुले आफुहरु सुरक्षा दृष्टिकोणले मजबूत रहेको बताउदैं आएका छन् ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया