बहत्तर वर्षमा नागरिकता पाउँदा खुसी
बहत्तर वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिनुभएको छ ।
मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले आज जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिनुभएको हो । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गर्नुभएको थियो ।
रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिनुभएको थिएन । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
लामो समयदेखि नागरिकता नबनाएको कारण उहाँका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उहाँले भन्नुभयो, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।”
अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । आवश्यक कागजातसमेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताउनुभयो ।
पछिल्लो समययता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडसमेत कम भई सेवाग्राहीलाई सहज हुन थालेको छ ।
अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात भएमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताउनुभयो । ३० मिनेटमै सेवा पाउन थालेपछि अछामका ग्रामीण भेगबाट आउने सेवाग्राही निकै सहज भएको छ ।
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
प्रतिक्रिया