स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प
काठमाडौँ। जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो ।
ढुङ्गाना उपचारका लागि काठमाडौँ जानुभएको छ । उहाँ उपचारका लागि जानुभएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ । गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ ।”
जिल्ला अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले कार्यरत एकमात्र स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य भएको जानकारी दिनुभयो । “एनेस्थेसिया सहायक दशैँपछि मात्र फर्किनुहुन्छ, त्यतिबेलासम्म सेवा उपलब्ध गराउन सकिँदैन”, उहाँले भन्नुभयो । ढुङ्गानाको ठाउँमा अर्को कर्मचारीको व्यवस्था गर्न तत्काल सम्भव नभएको उहाँको भनाइ छ ।
जिल्लामा वैकल्पिक व्यवस्था नहुँदा सुत्केरीलाई चर्को शुल्क तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन । अस्पताललाई ‘निकसाइमन’ नामक संस्थाले एकजना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो । ती स्वास्थ्यकर्मी आफै बिरामी भएको अवस्थामा पटक पटक प्रसूति सेवा बन्द गर्ने गरिएको छ ।
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
पदाधिकारी हटाएपछि दैनिक स्वास्थ्य संस्थामा कठिनाइ, कामकाज नरोक्न विभागीय प्रमु…
जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध
स्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
राष्ट्रपति पौडेल अस्पताल भर्ना
स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग
प्रतिक्रिया