न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित
काठमाडाैँ। न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । समाजको मंगलबारको साधारणसभाले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई उपाध्यक्ष, उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई महासचिव, जिल्ला न्यायाधीश शिशिरराज ढकाललाई सचिव, उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेतीलाई कोषाध्यक्षमा चयन गरेको छ ।समाजको कार्यसमिति सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरराज पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का चयन भएका छन् ।
समाजको अध्यक्ष बनेकी न्यायाधीश सपना प्रधान मल्ल एक वर्षसम्म मात्रै पदमा रहनेछिन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि उनले न्यायाधीश समाजको अध्यक्ष पद छाड्नुपर्नेछ । समाजको विधानमा न्यायपरिषदको सदस्य हुने न्यायाधीश त्यही दिनदेखि पदमा नरहने व्यवस्था छ ।
न्यायाधीश समाजले न्यायाधीशहरुको पेशागत हकहितको वकालत गर्दै आएको छ । समाजमा जिल्लादेखि सर्वोच्च अदालतका न्यायाधीश र पूर्वन्यायाधीशहरु सदस्य हुन पाउने व्यवस्था छ । अवकाश भएका न्यायाधीशहरुले भने पूर्वन्यायाधीश मञ्च नामको अर्को छुट्टै संस्था पनि खोलेका छन् ।
हर्क साम्पाङले मागे अर्थमन्त्री वाग्लेको राजीनामा
कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान
पूर्वअर्थमन्त्रीहरुका सुझावः आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड
अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्…
सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी सुरु भयो
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया