प्रशासनिक पुनःसंरचना भयो तर राज्यको चरित्र र जीवन पद्धतिको बाँकीः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनःसंरचना गरिए पनि राज्यको चरित्र र जीवनपद्धतिको पुनःसंरचना बाँकी नै रहेको बताएका छन्। गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन उद्घाटनका क्रममा उनले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमासमेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनको वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–
“नेपालीका लागि नेपाली” भन्ने मूल नारा तथा “ज्ञान र रुपान्तरणः समृद्धिको आधार” भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलनको उदघाट्न गर्न पाउँदा खुसी लागेको छ ।मलाई आमन्त्रण गरेर आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।
शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ । यही आत्मीयताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ । यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु ।
राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । तर, संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखा परेका छन् ।यी चुनौतीको जराबारे मैले सँधै भन्ने गरेको कुरा तपाइँहरू समक्ष पनि उल्लेख गर्न चाहन्छुः “हामीले राज्यको प्रशासनिक पुनसंरचना त ग¥यौ, तर राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन् । जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात गर्न सक्दैनौ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौ ।
म तपाइँहरूलाई नेपालको आर्थिक सम्भावना र तपाइँहरूको सहभागिता सम्बन्धमा केही भन्न चाहन्छु । हामी सबैलाई थाहै भएको कुरा हो कि एकातर्फ नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् ।
यसबीच नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्ति समेत दिनानुदिन बढीरहेकै छ । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित भएको छ । यसका लागि बुहपक्षीय साझेदारीता अत्यावश्यक तत्व हो । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ । विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ ।
यस अवसरमा म वैदेशिक रोजगारीको क्रममा विदेशमा रहनुभएका युवाहरूलाई पनि सम्झन चाहन्छु, जसको पसिनाले पठाएको विप्रेषण (आय)ले अहिले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । भुक्तानी सन्तुलनलाई नेपालको पक्षमा राख्न तथा आन्तरिक आवश्यकता पुरा गर्न तपाइँहरूको आय निःसन्देह नै सहयोगी भएको छ ।
दाजुभाई तथा दिदीबहिनीहरू,
तपाईंहरुप्रति नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरूको तर्जुमा गरेको छ । हालैको नागरिकता विधेयक त्यसमध्येको एक हो । नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक हो । यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन । प्रकृति र संस्कृतिको यो अनुपम संगमलाई जोगाउँदै देश र जनताको हित प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य हो ।
दोस्रो, नेपालको प्राकृतिक सुन्दरता र दुर्लभ स्रोतहरूको सम्बन्धमा हो । नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाडहरु मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाडहरू पिउने पानीको मुहानको रुपमा परिचित रहेका छन् । तर, दुर्भाग्यवस विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा हाम्रा मूल्यवान् प्राकृतिक स्रोतहरू संकटमा पर्न थालेका छन् ।
साथै, नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि म तपाईहरुको ध्यान आकर्षित गर्न चाहन्छु ।
अन्त्यमा, “एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले तपाईंहरूको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनेछ, नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेछ, नेपालको विकास र समृद्धिको बाटोमा तपाईहरूको रणनीतिक सझेदारीलाई थप स्पष्ट र विस्तारित गराउनेछ भन्ने विश्वास गर्दे यस विश्व सम्मेलनको उपलब्धीपूर्ण सफलताको कामना गर्दछु ।
जय नेपाल !
३० असोज २०८० (१७ अक्टोबर २०२३)
पहिचान गुमाउदै ऐतिहासिक क्षेत्र गोदावरी !
सेनामा विवादको तुफान सकियो, ताराध्वज पाण्डे भावी प्रधानसेनापति निश्चित
कोसीमा गठबन्धनले पनि कार्कीलाई विश्वासको मत दिने, सरकारबाटै बाहिरिने एमालेक…
ऊँ लेखिएको झुम्का लागएपछि धर्मको अपमान गरेको भन्दै किमप्रति हिन्दू धर्मावलम्बीक…
राजनितिक आधिँवेरी
जुम्लाका किसान ओखर खेतिमा आकर्षण हुदै
के सुल्झिएकै हो त सुख्खा बन्दरगाहा विवाद ?
प्रतिक्रिया