गैरआवासीय नेपाली संघमा जीवा लामिछाने र शेष घले एकातिर, उपेन्द्र महतोका बेग्लै उम्मेदवार
यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा आजबाट निर्वाचन हुँदै छ । ४ जना अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन् । हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
१० औं महाधिवेशनमा विवादको कारण निर्वाचन हुन नसक्दा ३ अध्यक्षको व्यवस्था गरी ६–६ महिना सञ्चालन गरे। हाल डा. केसी कार्यकारी अध्यक्ष रहेका छन् भने थापा आलंकारिक अध्यक्ष हुन्।
११ औं महाधिवेशनमा ४ हजार २ सय प्रतिनिधिले फेसियल भेरिफिकेसनको आधारमा अनलाइनबाट वा काठमाडौंमा उपस्थित भएर मतदान गर्न पाउँछन्। मतदानको लागि काठमाडौं नै आउनुपर्ने अवस्थाको भने अन्त्य भएको छ।
केसीको रुसमा विभिन्न व्यवसायसँगै नेपालका बैंक तथा वित्तीय संस्था, जलविद्युत, चिया लगायतका व्यवसायमा लगानी छ। उनी एमालेनिकट उम्मेदवार मानिन्छन्। तर उनको साथमा बेलायत र अमेरिकामा राम्रो प्रभाव पार्ने कांग्रेसनिकट हेमराज शर्मा र गौरीराज जोशी छन्। बेलायतका हेमराज शर्मा उपाध्यक्षमा दोहोरिएका छन् भने अमेरिकाका जोशीले महासचिवमा।
अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठ कांग्रेसनिकट हुन्। श्रेष्ठ गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा रहे पनि सफल हुन सकेनन् । उनलाई पूर्वअध्यक्ष जीवा लामिछानेको सद्धभाव रहेको छ भने हालका अध्यक्ष कुल आचार्यले समेत समर्थन गरेका छन् । साथै शेष घलेको आशिर्वाद पनि श्रेष्ठलाई रहेको बुझिएको छ ।
रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेस खरिद गरेका बुद्धिसागर लामिछाने उनको टिमबाट महासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले संघको राष्ट्रिय समन्वय परिषद्, कतारको सल्लाहकारदेखि अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरिसकेका छन्।११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रबिना थापाले सोमवबार उम्मेदवारी दर्ता गराएकी छन्। थापालाई अध्यक्ष पदकै उम्मेदवारको चर्चामा रहेका विनय अधिकारीले समर्थन गरेका छन्। तर, उनीसँग प्यानल भने छैन।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया