‘गुरुङहरूको भाषा, कला, साहित्य संस्कृति बचाउनका युवाको भूमिका महत्वपूर्ण’
सहरी विकासमन्त्री सीता गुरुङले देशलाई समृद्ध बनाउन वर्तमान गठबन्धन सरकार लागिपरेको बताउनुभएको छ । आज पोखरामा आयोजित तमु धिं नेपालको ३९औँ वार्षिक साधारणसभा तथा १६औँ महाधिवेशनको उद्घाटनपछि मन्त्री गुरुङले गठबन्धन सरकार मुलुकका सबै क्षेत्रमा समानरुपले पूर्वाधार विकासमा लागेको बताउनुभयो ।
गुरुङहरूको भाषा, कला, साहित्य संस्कृति बचाउनका लागि गुरुङ युवाहरू नेपालमै बस्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको मन्त्री गुरुङको भनाइ थियो । “युवाहरूको उत्साह र ऊर्जालाई एकसाथ समेटेर लैजान सकेनौँ भने देशले आर्थिक, सामाजिक र भौतिक फड्को मार्न सक्दैन”, मन्त्री गुरुङले भन्नुभयो, “गुरुङको कला, भाषा, संस्कार, संस्कृतिहरूको पुस्तान्तरणका लागि युवाको साथ जरुरी छ ।”
तमु धिं नेपाल, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, तमु प्हे ल्हु सङ्घजस्ता छरिएर रहेका गुरुङको संस्थालाई एकजुट भएर अगाडि बढ्न पनि मन्त्री गुरुङले सुझाव दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, प्रदेशसभा सदस्यद्वय सरस्वती गुरुङ र बेदबहादुर गुरुङले गुरुङ सङ्घसंस्थाको एकतामा जोड दिनुभएको थियो ।
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
प्रतिक्रिया