बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम अन्तिम चरणमा

 प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । 

    शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रु चार करोड १८ लाखको लागतमा भवन निर्माणको कार्य भइरहेको छ । भवन निर्माणको ९० प्रतिशत कार्य पूरा भएको छ । शिक्षालयका प्रमुख दिपकसिंह विष्टका अनुसार तीनतले भवनमा ११ कक्षाकोठा, नौ वटा शौचालय निर्माण गरिएका छन् ।

    “चण्डीदेवी निर्माण सेवाले १० महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरेअनुसार भवन निर्माणको कार्य गरिएको छ”, उहाँले भन्नुभयो, “मङ्सिर मसान्तभित्रै भवन निर्माणका सम्पूर्ण कार्य पूरा हुन्छन् ।” निर्माण भएको भवन हस्तान्तरण भएसँगै पठनपाठनको कार्य सुरु गरिने उहाँले बताउनुभयो । 

    भवन अपाङ्गमैत्रीसँगै भूकम्प प्रतिरोधी रहेको उहाँले जानकारी दिनुभयो । भवन तीन हजार चार सय वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको छ । शिक्षालयको आफ्नो भवन नहुँदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि नौ बिघा सात कट्ठा जग्गा उपलब्ध गराइएको छ । उपलब्ध गराइएको सार्वजनिक जग्गाको स्वामित्व शिक्षालयलाई दिइएको छ । 
 
    शिक्षालय भवन निर्माणको कार्यसँगै विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि गत वर्ष रु २० लाख ३४ हजारको लागतमा वर्कसप निर्माण गरिएको थियो । वर्क सपमा निर्माणसम्बन्धीका लागि सामग्रीसँगै मेकानिकल मेसिन राखिएको छ । 

    विसं २०७६ मा स्थापना भएको शिक्षालयमा सिभिल, मेकानिकल र अटोमोबाइलका कक्षा सञ्चालन हुँदै आएका छन् । शिक्षालयको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० तयार गरेअनुसार शिक्षालय भवन निर्माण गरिएको प्रमुख विष्टले बताउनुभयो । 

    प्रतिवेदनको बहुवर्षिय योजनाअनुसार शिक्षालयको मुख्य प्रवेशद्वार, गार्ड हाउस, पार्किङस्थल, मुख्य प्रशासकीय भवन, अध्ययन कक्षा–१ र २ एसेम्बली ग्राउन्ड, प्रयोगशाला, पुस्तकालय, चमेनागृह, खुला खेलकुद मैदान र आन्तरिक मार्ग जोडने पुल निर्माण गरिने छ । 

    यसैगरी स्टाफ क्वाटर, छात्राबास, भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, फुटबल ग्राउन्ड, प्रिन्सिपल क्वाटर, ल्याब एन्ड वर्कशप, ट्वाइलेट, बैठक कक्ष, सरस्वती मन्दिर, ओभरहेड पानी ट्याङ्की, इलेक्ट्रिक वर्कशप, मेकानिकल मेसिन एन्ड सिएनसी वर्कशप, मेडिकल फ्रेब्रिकेशन वर्कशप आदि निर्माण गरिनेछन् । त्यसका लागि रु २० करोड खर्च हुने अनुमान गरिएको छ । 

चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा

चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा

नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना

नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना

कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल

कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल

आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो

आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो

काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ

काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने संकेत देखिए

प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…