पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति
मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन् ।
मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ को ठिनीको थकाली सामुुदायिक होमस्टेका सञ्चालक जुुमा थकालीले बताउनुुभयो ।
“पृथक भूूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उहाँले भन्नुुभयो, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुुङ, तिजी, फागुुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न र बसाई लम्बाउन सहयोग मिलेको छ ।”
ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाँडास्थित कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार सकिएको लामा नाच (धेक्याप) अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहेको थियो ।
कुुछप तेरङ्गा गुुम्बा संरक्षण समितिका अध्यक्ष कुुलबहादुुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताउनुुभयो । “पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुुन्थे”, उहाँले भन्नुुभयो “पछिल्लो केही वर्षयता परम्परागत नाच प्रर्दशनी अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ ।”
सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाई छ । मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक लामा नाच हुुने गर्छ । कुछप तेरङ्गा गुुम्बामा लामा नाच प्रर्दशनीका लागि असोज २३ गते मंगलबारदेखि पुुजाआजा शुुरु भएको थियो ।
लामाहरुले उवाको पिठो, घ्युु लगायत सामग्रीको प्रयोग गरेर बनाएको पुुजा सामग्रीलाई धार्मिक बिधि अनुुसार गुम्बामा भित्र्याएर शुुरु भएको नाचको बिधी ति सामग्रीहरु सेलाएपछि सकिएको गुुम्बाका लामा सुुवास थकालीले बताउनुुभयो ।
“पद्यसम्भको पाला आठौ शताब्दीदेखि लामा नाच देखाउने चलन रहेको छ । देवताका विभिन्न रुपलाई लामा नाचमा प्रस्तुुत गरिन्छ,” उहाँले भन्नुुभयो “लामा नाच अवलोकन गरेमा पुुण्य प्राप्त हुुनुका साथै ग्रह दशा हट्ने र जिवनमा सफलता मिल्छ । तेह् सय वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौ ।”
वौद्ध धर्मगुुरु पद्यसम्भको जिवनसँग सम्बन्धित सन्देशमुुलक १३ प्रकारका नाच प्रर्दशन गरिएको थियो । हसन, टोपी बज्राचार्य, हयग्रीब, गुुरु पद्यम सम्भव, क्रोधी गुुरु र सिंहमुुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुुष्ट राजा र एक डाकुु शिर्षकको नाच प्रर्दशन गरिएको हो ।
लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनादुुका रञ्जित झाले मुुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिक सँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकोमा खुुसी व्यक्त गर्नुुभयो । अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुुरानो संस्कृति अझै जिवित देख्दा दंग परेको बताउनुुभयो ।
यसपालीको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीबासीहरुले आर्थिक सहयोग गरेका थिए । प्रवासीहरुको सहयोगमा ठिनीदेखि गुुम्बासम्म निशूूल्क बस, भक्तजनहरुलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो ।
वौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ । ठिनीमा हाल २२ जना भन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामाहरु नृत्यका लागि गुुम्बामा आएका छन् । कुुछप तेरङ्गा गुुम्बाको धार्मिक र पर्यटकीय सम्भावना रहेको छ ।
पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङ लगायतका भूूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।
सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण
मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
प्रतिक्रिया