अब काठमाडौं महानगर क्षेत्रभित्र भाडामा बस्दा लिखित सम्झौता अनिवार्य, यस्तो छ भाडा बढाउने व्यवस्था ?

काठमाडाैँ। काठमाडौं महानगरपालिकाले घरबहाललाई व्यवस्थित बनाउन निर्देशिका जारी गरेको छ । घर भाडामा मनपरी हुन थालेपछि महानगरले काठमाडौं महानगरपालिका घरबहाल व्यवस्था निर्देशिका-२०७९ जारी गर्दै लिखित सम्झौता अनिवार्य गरेको हो ।

अब भवन तथा भवनको कुनै भाग वा घरजग्गा वा जग्गा बहालमा दिने व्यक्तिले लिखित सम्झौता गर्नुपर्नेछ, भने महिना बितेको सात दिनमा घर भाडा बुझाइसक्नुपर्ने छ ।

बहाल सम्झौतामा घर, जग्गा बहालमा लिने र दिने पक्षको पूरा नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र, मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ भने विदेशी नागरिक भएमा राहदानी वा परिचय खुल्ने प्रमाणपत्र, इमेल ठेगाना, करदाता संकेत नम्बर समेत उल्लेख हुनुपर्नेछ ।

बहाल रकम बुझाउने समय र प्रक्रिया बिजुली, खानेपानी, टेलिफोन, फोहोरमैला, व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व समेत उल्लेख गर्नुपर्नेछ ।घरमा उपल्ध भएसम्म पानी तथा बिजुलीको आपूर्ति, शौचालय सुविधा दिनुपर्ने भएको छ ।महानगरभित्र बहालमा दिएका घरले दुई वर्षमा १० प्रतिशतले मात्र भाडा बढाउन पाउनेछन् ।

‘घरबहाल रकम प्रत्येक २र२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ,’ निर्देशिकामा भनिएको छ । तोकिएको भाडाको आधारमा महानगरले घर बहाल कर उठाउनेछ ।घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ ।