बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् । 
    
    प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिदै आएका छन् ।