बझाङ प्रदेशसभा १ मा ३ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ, २४ चैत : बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार दिउँसो साढे १ बजेसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगर रहेका छन् । आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।