आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालका लागि लोकेश बमले १०६ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। ५६ बलको सामना गरेका लोकेशले ८ छक्का र ९ चौका प्रहार गरे।  नेपालका लागि आरिफ शेखले २६ बलमा ४९ रन बनाए। आरिफले ५ छक्का र १ चौका प्रहार गरे। नेपालका लागि कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन बनाए।  नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।