"तारक मेहताका उल्टा चश्मा" का कलाकार गुरुचरण बेपत्ता

भारतीय चर्चित टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ मा ‘रोशन सिंह सोढी’को भूमिका निभाउने कलाकार गुरुचरण सिंह दिल्लीबाट बेपत्ता भएका छन्। उनी दिल्ली एयरपोर्टबाट वेपत्ता भएको परिवारले जनाएका छन्।

परिवारका अनुसार उनी एयरपोर्टबाट मुम्बई जाने तयारीमा थिए। तर उनी न मुम्बई पुगे, न त घर नै फर्किए। उनी वेपत्ता भएपछि गुरुचरणका बुवाले प्रहरीमा छोराको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएका छन्।

बुवाले प्रहरीमा दर्ता गराएको निवेदनको डिजिटल कपी सार्वजनिक भएको छ। ‘मेरो छोरा गुरुचरण सिंह, उमेर ५० वर्ष, २२ अप्रिल बिहान ८:३० बजे मुम्बई जानका लागि निस्किएका थिए। उनी फ्लाइट लिन एयरपोर्टमा पुगेका थिए। उनी न त मुम्बई पुगे न त घर नै फर्किए। उनको फोनमा सम्पर्क हुन सकेको छैन। उनी मानसिक रुपले स्थिर छन् र हामी उनको खोजी गरिरहेका छौं। तर ऊ वेपत्ता छ’, निवेदनमा भनिएको छ।

गुरुचरणले पिताको स्वास्थ्य समस्याका कारण टेलिभिजन शो छोडेका थिए। उनी टेलिभिजन शो छोडेर परिवारतिर ध्यान दिन चाहन्थे। उनले शो छोडे पछि नयाँ कलाकारको प्रवेश भए पनि उनको अभिनयलाई दर्शकले मनपराउन सकेका छैनन्।