इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कटाए १० हजार मत

 उनले मतान्तरसमेत बढाउँदै लगेका छन्। २४ हजार ७३८ मत सदर हुँदा नेम्वाङले १० हजार ३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ ३०५९ मतले अघि छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५५९१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १४४३ मत ल्याएका छन्। हाल माङ्सेबुङ गाउँपालिका ४,५,६ नम्बर वडाको मत गणना भइरहेको छ। शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए।