स्काभेटर दुर्घटना : एकको मृत्यु, एक घाइते

शुभकालिका गाउँपालिकामा स्काभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ क ०१२९ नम्बरको स्काभेटर आइतबार बेलुकी दुर्घटना हुँदा शुभकालिका १ छाती बस्ने अन्दाजी वर्ष २४ का दलबहादुर सिजालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी अर्जुन केसीले बताए।

उनका अनुसार दुर्घटनामा कैलाली जिल्ला चुरे गाउँपालिका ५ वर्ष २८ का हिक्मत रोक्का मगर घाइते भएका छन्।  घाइतेको खुट्टा भाँचिएकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीको भनाइ छ।