मान्छेको जस्तै दात भएको माछा माझीले समाते संसारभर भयो भाइरल

अहिले सम्म त तपाईले मानिसको जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछालाई देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिरहेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो ।

मानिसको दाँत जस्तो आकृति भएको माछा फेला परेपछि विज्ञहरु पनि छक्क परेका छन् । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको बीबीसीले जनाएको छ ।

सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।अहिले सो तस्बिर विश्वभर भाइरल भएको छ । तस्बिर देखेपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् ।

यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ ।ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक संजालमा अधिक चर्चा पाएको छ ।

मानिसहरुले अनौठा प्रतिकृया दिएका छन् । कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् ।