नेशनल क्रस भारतीय अभिनेत्री मन्दन चडेकाे विमान एमर्जेन्सी ल्यान्डिङ

नेशनल क्रस भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाले आफू मृत्युको मुखबाट बाँचेर फर्किएको बताएकी छन् । रश्मिकाले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।

वास्तवमा अभिनेत्री ट्राभल गरिरहेको विमानको एमर्जेन्सी ल्यान्डिङ गराउनु परेको थियो । यो घटनापछि अभिनेत्री र विमानमा उपस्थित सबै यात्रुहरू निकै डराएका थिए ।

आफ्नो इन्स्टाग्राम स्टोरीमा रश्मिकाले श्रद्धासँगको सेल्फी सेयर गर्दै लेखेकी छिन्, ‘मात्र तपाईंको जानकारीको लागि, यसरी हामी मृत्युबाट बच्यौं...’ डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार उक्त फ्लाइट मुम्बईबाट हैदरावाद जाँदै थियो । त्यसमा प्राविधिक गडबडी भयो । जसका कारण विमानमा उपस्थित सबै मानिसहरु डराए ।

पोष्टमा रश्मिकाले फ्लाइटमा बसेको तस्बिर पनि शेयर गरेकी थिइन् । केही क्षणमै यो पोस्ट भाइरल बन्यो । अभिनेत्रीका फ्यानहरूले रश्मिका अन्य यात्रुहरूको लागि चिन्ता व्यक्त गरेका थिए । रश्मिका दक्षिण भारतीय अभिनेत्री श्रद्धा दाससँग ट्राभल गरिरहेकी थिइन् ।

प्राविधिक त्रुटिको छानबिन गर्न सकियोस् भनेर फ्लाइट उडेको ३० मिनेटपछि नै मुम्बई फर्किएको समाचारमा अगाडि दाबी गरिएको छ ।