अक्षय कुमारका लागि यो वर्ष खासै राम्रो रहेन २०२४ मा ७ फिल्म ल्याउने तयारि

काठमाडाैँ। अक्षय कुमारका लागि यो वर्ष खासै राम्रो रहेन । बक्स अफिसमा उनको एउटै फिल्मले जादु देखाउन सकेन । यो वर्ष आएको उनको पहिलो फिल्म सेल्फी थियो । इमरान हाशमीसँगको यो फिल्म मलयालम फिल्मको रिमेक थियो । 

यसले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । यस पछि आएको ‘ओएमजी २’ मा उनी  सहायक भूमिकामा थिए । फिल्म हिट भयो । तर यसको सारा श्रेय पंकज त्रिपाठीलाई गयो । 

अक्टोबरमा आएको मिशन रानीगञ्जः द ग्रेट भारत रेस्क्यु पनि फ्लप भयो । यो वास्तविक घटनामा आधारित फिल्म थियो । फिल्मलाई क्रिटिक्सहरुले राम्रो भने तर बक्स अफिसमा जादु गर्न सकेन । २०२२ मा उनको बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षाबन्धन र रामसेतु फ्लप भएको थियो । नयाँ वर्ष शुरु हुन लागेको छ । नयाँ वर्षबाट मान्छेले धेरै आशा गरेका छन् । 

अक्षय कुमार पनि आगामी वर्षलाई विशेष बनाउने तयारी गरिरहेका छन् । यो वर्ष उनको ७ वटा फिल्म आउँदै छ । जसमा कमेडी, एक्सन र रियल लाइफ स्टोरीमा आधारित फिल्म छन् । वर्षको सुरुमा ‘वेदात मराठे वीर दौडले सात’ रिलिज हुँदै छ । यो फिल्म यही वर्ष दिवालीमा रिलिज हुनेवाला थियो । तर सलमान खानको टाइगर ३ का कारण फिल्मको रिलिज रोकियो । यो फिल्मका निर्देशक महेश मांजरेकर हुन् । 

सूर्या स्टारर ‘सोररई पोट्टरु’को हिन्दी रिमेक पनि २०२४ मा रिलिज हुँदै छ । फिल्मको पोष्ट प्रडक्शनको काम भइरहेको छ । सूर्याको फिल्मलाई दर्शकहरूले निकै मन पराएका छन् । यो रियल लाइफ स्टोरीमा आधारित फिल्म हो । ‘बडे मिया छोटे मिया’ वैशाखी वा ईदमा रिलिज हुनेछ । फिल्ममा अक्षय कुमारको साथमा टाइगर श्राफ पनि लिड रोलमा छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका थिए । यसको बजेट ३०० करोड भारु भएको बताइएको छ । यो हाई–एक्सन फिल्म हो । 

रोहित शेट्टीको निर्देशनमा बनेका ‘सिंघम अगेन’मा अक्षय कुमार पनि छन् । यो रोहितको कप युनिभर्सको ५औँ फ्रेन्चाइजी हो । अक्षयको सूर्यवंशीमा अजय र रणवीर सिंहले धमाकेदार एन्ट्री गरेका थिए । सिंघम अगेनमा अक्षय सूर्यवंशीको भूमिकामा देखिनेछन् ।