गायक पंगेनीको एकाल आवाजमा "चिल्लो कारको अघिल्लो सिट" गित सार्वजनिक

काठमाडाैँ। लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । 

सोहि क्रममा लोक दोहोरी गायक बद्रि पंगेनीको नयाँ दोहोरी गित  "चिल्लो कारको अघिल्लो सिट" बोलको गित  सार्वजनिक   भएको छ ।

सुप्रसिद्घ दोहोरी गायक बद्री पंगेनीको एकाल आवाजमा रहेको  उक्त गितमा दिपक कँडेलको उत्कृष्ट शब्द सृर्जना एवम् दोहोरी गायक गणेश अधिकारी लय रहेको छ ।

बद्रि पंगेनीको कथावस्तु एवन् निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा बद्री पंगेनी,अस्मिता ढकाल,मुक्ति पाण्डे,सुजन लम्साल,ऋषिराम लम्साल,कमल सरगम,बिनिता बराल र सूर्यकुमार परियार अभिनय देख्न सकिन्छ । 

म्युजिक भिडियोलाई राजेश घिमिरे र अनुराग परिहारले छांयाकन एवम्  प्रविण भट्टले सम्पादन गरेका छन् ।

अत्यन्तै उत्कृष्ट मन छुने र एउटा प्रेमले खाडिँ छिरे पछि आफ्नो पिरतिमा आएको उतढचढाप,  बिछोडको पिडामा तयार पारिएको गितको म्युजिक भिडियो को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । अब हेर्नुहोस् पूरा भिडियो