हिपअप दुनियाँमा उदाउदैँ गरेका लोप्चनको नयाँ र्याप गीत "IM Just 13" सार्वजनिक

काठमाडौँ। हिपअप दुनियाँमा उदाउदैँ गरेका पेम्बा लोप्चनको नयाँ र्याप गीत "IM Just 13" सार्वजनिक भएको छ।

सानै उमेर देखि रम्दैरमाउदैँ र हास्दैँ हसाउदैँ गायन छेत्रमा सक्रिय रहेका पेम्बाले आफ्नो नयाँ र्यापमा केहि न केहि सन्देश दिरहेका हुन्छन। उनले यस नयाँ र्यापमा परिवार प्रति आफु सहि हुने अशल बाटो हिड्ने आमा बुबाले मबाट एक दिन गर्व गरुन् भन्ने शब्दहरु व्यक्त गरेका छन्।

म अहिले पढिरहेको छु तरपनि आफ्ना सपनाहरु पुरा गर्ने छु पहिले झै हाउडे भएर गुण्डागर्दि गर्दै हिड्दिन केहि कुरा सिक्दै छु अघि बढ्दै छु भन्ने भाव गीतमा समाबेस गरेका छन्।

पेम्बा लोप्चन र इन्द्रेणि लोप्चनको आवजमा रहेको उक्त गितमा पेम्बा लोप्चनको शब्द संगति रहेको छ।  उक्त र्यापको म्युजिक भिडिओ पेम्बा लोप्चन अफिसियल युट्युब च्यानमा सार्वजनिक भएको छ ।

पेम्बाको केही समयअगाडि सार्वजनिक भएको र्यापहरु पनि पेम्बा लोप्चन अफिसियल युट्युब च्यानमा ८ वटा गित देख्न सकिन्छ। उनका २ वटा त करोड भ्युज बटुल्न सफल भएको छ। यस अर्थमा पनि पेम्बाको प्रतिभाले हिपअप दुनियाँमा राम्रो छाप दिएको छ भन्दा फरक नपर्ला?
 
तीन करोड जनसंख्या भएको देशमा एउटा र्यापले ४ करोड भ्युज बटुल्दा यो बुझिन्छ कि त्यसमा केही न केहि दम हुनैपर्छ। सानै उमेरमा पनि हिपअप दुनियाँलाई आफ्नो पकडमा राखेर गज्जबको क्रेज बनाउनुमा उनको खुबि हो । 

यस नयाँ र्याप "IM Just 13"ले पनि राम्रो प्रतिकृया पाओस शुभकामना!

https://youtu.be/8hkBcoPCHh8