टिकटक बन्दको निर्णयविरुद्ध परेको  रिटमा  सोमबारदेखि प्रारम्भिक सुनुवाइ हुने,दूरसञ्चार प्राधिकरणले बनायो समिति

टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका छन्। उक्त रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ। 

सर्वोच्चले आगामी सोमबारदेखि रिटमा प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

२७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थालाई पत्र लेखेर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । त्यसपछि इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ ।प्राधिकरणका निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक समिति बनाएको हो । प्राधिकरणको शुक्रबार बसेको बैठकले बनाएको यो समितिले सात दिनभित्र टिकटक प्रतिबन्ध कार्यान्वयनको अवस्थाबारे प्रतिवेदनसमेत दिने छ । 

समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था ९आएस्पान० का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् ।