राष्ट्रघाती ‘एमसीसी’ सम्झौतालाई कुनै हालतमा पास हुन नदिने विप्लव नेकपाको निर्णय

तनहुँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिने निर्णय गरेको छ ।

तनहुँको बन्दीपुरमा गएराति अबेर सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको नवौं महाधिवेशन फागुनमा गर्ने र त्यस भन्दा अगाडि जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ ।

महासचिव विप्लव र स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच देखिएको नीतिगत मतभेदलाई महाधिवेशनमा लगिने स्रोतले बताएको छ ।
वैज्ञानिक समाजवादमा जाने विषयमा पनि दुई नेताबीच विभेद रहेको बताइएकोछ ।

यस्तै बैठकले जनयुद्धका बाँकी रहेका आधारभूत कामको व्यवस्थापन,राष्ट्रवादी शक्तिसँग मोर्चावन्दीसँगै कार्यगत एकता र भ्रष्टाचारका बिरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ । भ्रष्टाचार तलदेखि माथिसम्म बढेको सो पार्टीको ठहरछ ।