महोत्तरीको मटिहानीमा ठुलो आगलागी, १००+ घरहरु जले

 महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा सयभन्दा बढी घर जलेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए। उनले आगलागी अहिलेपनि नियन्त्रणमा आउन नसकेको र नियन्त्रणको प्रयास जारी रहेको जानकारी दिए।

आगो नियन्त्रणका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरू खटिएका छन्।