के दिनमणि बन्लान् त माओवादीको पहिलो प्रधानन्यायाधीश ?

 काठमाण्डौं, बैशाख १३ : सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली कांग्रेसबाट पटक पटक प्रधानन्यायाधीश बनिसकेको र आगामी १२ बर्षको लागि भावी प्रधानन्यायाधीशको रोलक्रममा बसिसकेको सन्दर्भमा न्यायापालिका वृत्तमा एउटा चर्चा चलिरहेको छ । 

के दिनमणि बन्लान् त माओवादीको पहिलो प्रधानन्यायाधीश? वि.सं. २०९२ सालसम्मका प्रधानन्यायाधीशहरुको नियुक्ति भइसकेकोले त्यसपछिको प्रधान न्यायाधीश को होला भन्ने खुल्दुली न्यायिक र राजनीतिक चल्नु स्वाभाविक हो । भावी प्रधानन्यायाधीश को होलान् भन्ने खुल्दुली सधैं चलिरहने भएकाले यो स्वाभाविक खुल्दुली हो । अब न्यायपरिषद्ले सर्वाेच्चमा नियुक्ति थाल्नेवित्तिकै महान्यायाधीवक्ता दिनमणि पोखरेलको नाम पहिलो नम्बरमा आउने चर्चा पनि उक्तिकै छ ।

तर त्यस स्वाभाविक खुल्दुलीभित्र पनि माओवादीको पहिलो प्रधानन्यायाधीश चाहिं को होला भन्ने वास्तविक खुल्दुली न्यायिक र राजनीतिक क्षेत्रमा मच्चिइरहेको छ । अहिलेसम्म सर्वाेच्च अदालतमा माओवादी कोटाबाट एउटा पनि न्यायाधीश बन्न सकेको अवस्था नहुंदा प्रधान न्यायाधीशको विषय त परैको विषय हो । माओवादी सत्तामा पुगेको पन्ध्रबर्षवितिसक्दा पनि एएटा न्यायाधीश पनि सर्वोच्च अदालतमा नियुक्ति गर्न नसक्नु विडम्बनाको विषय मान्नेहरु पनि कम्ति छैनन । 

नेपाली का“ग्रेस र एमाले र करिअर जजको पृष्ठभूमिबाट नियुक्ति भएका व्यक्तिहरु सर्वाेच्च अदालतको २०९२ सालसम्मको प्रधानन्यायाधीशको रोलक्रममा बसीसकेकाले त्यसपछिको प्रधानन्यायाधीश को होलान् भन्ने खुल्दुली चलिरहेको छ । वि.सं. २०२८ सालमा जन्मिएका एमाले निकटका टेक प्रसाद ढुंगाना २०९२ सालमा प्रधान न्यायाधीश हुने भएपछि त्यसपछिको प्रधान न्यायाधीशमा माओवादीका डा. दिनमणि पोखरेलले दावी गर्दै आएका छन् । 

महान्यायाधीवक्ता समेत रहेका प्रधानमन्त्रीका निकट सहयोगी उनलाई गत पुसमा भएको नियुक्तिमा बरिष्ठ अधिवक्ता नभइसकेको आधार देखाएर न्यायपरिषद्का सदस्यहरु इश्वरप्रसाद खतिवडाले रोकेको विषय सार्वजनिक चर्चाको विषय बनिसकेको छ । खतिवडाले सार्वजनिक रुपमै बरिष्ठ नभएको कारणले पोखरेललाई नियुक्ति नदिइएको बताइसकेका छन् । 

शुत्रहरुका अनुसार महान्यायाधीवक्ता पोखरेल माओवादी वृत्तको आशालाग्दो व्यक्ति भएकाले पनि उनको नाम अस्वाभाविक होइन तर उनलाई भावी प्रधान न्यायाधीशको रोलक्रममा सर्वाेच्च अदालत छिरिहाल्न त्यति सजिलो पनि छैन । हुन त उनी माओवादीको जनयुद्धताकाका कानुनी सल्लाहकार रामनाथ मैनालीका ज्वाई, कानुननमा डाक्टर शास्त्री र वर्तमान सरकारको महान्यायाधीवक्ता हुन् । वि.सं. २०२९ सालको जन्ममिति भएकाले दिनमणी नै माओवादीको पहिलो भावी प्रधान न्यायाधीश हुनसक्छन भन्ने धेरैको अडकलवाजी रहेको छ । 

नेपाली का“ग्रेसबाट प्रकाश राउत, कुमार रेग्मीहरु प्रधान न्यायाधीशको रोलक्रममा छन् भने एमालेबाट सपना प्रधान मल्ल, हरि फुयाल र टेक  प्रसाद ढुंगाना तयारी अवस्थामा रहेकाले माओवादीले पनि आफ्नो भावी प्रधानन्यायाधीशको  दावी गर्दै आएको छ । 

कांग्रेसबाट  अनुपराज शर्मा, शुशिला कार्कीहरु समेत प्रधान न्यायाधीश बनीसकेका छन् भने एमालेबाट हरिकृष्ण कार्की प्रधानन्यायाधीबको पदबाट आठ महिनाअघि नै अवकाश भइसकेका छन् ।

दुईवटा सत्ताका पुराना खेलाडी दलहरुले सकभर माओवादीको पृष्ठभूमिको व्यक्तिलाई प्रधानन्यायाधीश नदिने, न्यायालयको जडताले समेत माओवादीको प्रधानन्यायाधीश त्यत्ति नरुचाउने र स्वयम माओवादी खेमाभित्र पनि दिनमणि पोखरेललाई नरुचाउनेहरुको बोलवाला रहेकोले प्रधानमन्त्री पुष्पकमल दाहालको जोडबलले मात्रै उनी प्रधानन्यायाधीश बन्न सजिलो छैन ।

शुत्रहरका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधीवक्ता बन्दाताका नै दिनमणीलाई ल्याउनुको कारण उनलाई भावी प्रधानन्यायाधीशको रुपमा माओवादीमा प्रोजेक्ट गर्नु हो । ‘त्यसैले बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र मुक्तिनारायण प्रधानलाई छाडेर उनको व्यक्तित्व विकास गर्न महान्यायाधीवक्तामा नियुक्ति गरिएको थियो,’ शुत्र भन्छ, ‘तर उनलाई न्यायिक नेतृत्वले माथि जान नदिएको स्थापित भइसकेको छ । अहिले न्यायपरिषद्को नेतृत्वमा परिवर्तन भएकोले पनि आगामी नियुक्तिमा उनी माओवादीको प्रधानन्यायाधीशको रुपमा सर्वाेच्चमा नियुक्ति पाउने उत्तिकै संभावना छ ।’