तोकिएभन्दा बढी भाडा लिने ट्याक्सी चालकहरू पक्राउ

काठमाडौँ, २२ वैशाखः रुपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीहरूलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भैरहवाका विभिन्न स्थानहरूबाट ट्याक्सीहरूलाई चालकसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्सी प्रहरी नियन्त्रणमा छन् । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको डीएसपी भट्टले जानकारी दिए ।