धनमाल ठगी गरेको अभियोगमा पक्राउ
ललितपुर-बिभिन्न मितिमा ललितपुर र काठमाडौंका बिभिन्न पसलहरुबाट ५३ लाख ३१ हजार २ सय ५३ रुपैयाँ बराबरको विभिन्न सामान ठगी गरेको अभियोगमा काठमाडौं बेसीगाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका-७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरञ्जन थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले विभिन्न पसलहरुबाट पिपुल केयर नेपाल नामक संस्थाको लागि फर्निचर, कार्पेट, ईलोक्ट्रोनिक र स्टेसनरी समेत गरी उक्त नगद बराबरको सामान लिई भुक्तानी नगरी ठगी गरेको खुल्न आएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको उनलाई ठगी गरेको सामान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया