टोखामा कोरोना संक्रमित संख्या १३ सय नाघ्यो
काठमाडौं - कोरोना भाइरसको कारणले हाल्लसम्म टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ३ सय नाघेको छ ।
टोखा नगरपालिकामा हिजो (शुक्रबार) ६६ संक्रमित थपिएसँगै टोखा नगरपालिकाभित्र कूल संख्या एक हजार ३ सय १ पुगेको छ । टोखा नगरपालिकामा वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १ सय ५६ संक्रमित भेटिएका छन् ।
यस्तै, वडा नं १ मा २८, २ मा ६२, ३ मा १ुसय ५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ संक्रमित भेटिएका हुन् । यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १सय २७ संक्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७सय ३६ पुरुष र ५सय ६५ महिला रहेका छन् ।
कोरोना संक्रमितमध्ये ८सय ७ जना निको भएर घर फर्किसकेका छन् भने ४सय ८९ जना सक्रिय संक्रमित छन् ।
नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन् । टोखामा हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । हालसम्म झण्डै पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गरिसकेको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया