सुदूरपश्चिम प्रदेशमा ७७ हजार भन्दा बढी कोरोना परीक्षण गरिसके
पछिलो समय सम्म् सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजार जनाको कोरोना परीक्षण गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६सय ८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१ हजार ८सय १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६सय ९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४ सय ७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १ सय ९३ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण छ हजार ९ सय मा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी कैलालीमा दुई हजार १ सय १०, डोटीमा एक हजार ५०, अछामका ९सय ९४, कञ्चनपुरमा ७ हजार ७५, बाजुरामा ६ सय ३०, बझाङमा ५सय १९, बैतडीमा ३सय ८९, डडेल्धुरामा ३सय ४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका पाँच हजार ७ सय ६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया