सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा कोरोना संक्रमित पुरुषको मृत्यु
कैलाली - काभिड १९ महामारीको कारणले पछिलो समय देखि विभिन्न जिल्लामा कोरोना भाइरसको संख्या तिब्रगतिले बढदै गएको छ । र कोरोना संक्रमणबाट दिनका दिन मृत्युको संख्या थपिदै छ ।
आज बुधबार पनि कैलालीमा थप एक जना पुरुषको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।
गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय हुन ती पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनलाई मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका ती पुरुषको कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।
नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया