डोटीमा बस दुर्घटना ३ काे मृत्यु, ३१ घाइते
काठमाडौं-डोटीमा बस दुर्घटना हुदा ३ जनाकाे मृत्यु भएकाे छ भने ३१ जना घाइते भएका छन् ।
पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका हुन् ।
कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस बिहान ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ ।
वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको अनुमान लगाईएकाे छ । बस सडकबाट ३० मिटर तल खसेको थियो ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया