चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ ।
गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरुलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
आगामी असार १ गतेबाट ७ गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई उक्त खोप निःशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
उहाँका अनुसार दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग भएकाले यसको सङ्क्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको हो ।
ज्वरो, रुघाखोकी वा शरीरमा रातो बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न, नियमित हात धुन, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्न तथा सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
ओमानको खाडीमा अमेरिकाले जहाजमा आक्रमण गर्दा बेपत्ता ३ भारतीय मृत भेटिए
खुट्टाको घाउ निको नबनाउने तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो
अमरेशको सरकारलाई चुनौतीः डरले शासन चल्ला, देश विकास हुँदैन
स्वर्णिमलाई अमरेशको कटाक्ष : बजेट फुलेको बेलुन हो, कार्यान्वयन हुँदैन
धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि घातक आक्रमण
प्रतिक्रिया