रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु

 रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु भएको छ ।

बुधबारदेखि सो पार्टीले आधिकारिक रुपमा महाधिवेशन पोर्टल सुरु गरेसँगै महाधिवेशनको काउन्डडाउन सुरु भएको हो ।

महाधिवेशन पोर्टलमा पार्टीको महाधिवेशन आउने टाइमलाइन राखिएको छ । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।