१७ वर्षसम्म नक्कली लाइसेन्सका भरमा विमान उडाउने 'फेक' क्याप्टेन क्यानडामा पक्राउ!
काठमाडौँ, २७ जेठ| — नक्कली लाइसेन्स बनाएर झन्डै १७ वर्षसम्म 'एयर क्यानडा' (Air Canada) का व्यावसायिक विमानहरू उडाएका एक नक्कली क्याप्टेनलाई क्यानडाको प्रहरीले पक्राउ गरेको छ। सन् २०२५ मा सेवाबाट अवकाश (Retire) लिइसकेका ५९ वर्षीय ती पाइलटलाई क्यानडाको ओन्टारियोस्थित पिल रिजनल प्रहरीले ठगी र सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ गरी कानुनी कारबाही अघि बढाएको हो।
प्रहरीको विशेष अनुसन्धान टोली 'प्रोजेक्ट इकारस' (Project Icarus) ले अनुसन्धान गर्दा आरोपीले आवश्यक उच्च-स्तरीय लाइसेन्स बिना नै आफ्नो सेवा अवधिमा ९०० भन्दा बढी आन्तरिक (Domestic) तथा अन्तर्राष्ट्रिय (International) उडानहरू सफलतापूर्वक सञ्चालन गरिसकेको डरलाग्दो तथ्य फेला परेको छ।
क्याप्टेन बन्नका लागि दिइने कडा लिखित परीक्षा र कानुनी प्रक्रियाहरू छल्न उनले हुबहु नक्कली एटीपिएल लाइसेन्स तयार पारेर वायुसेवा कम्पनी र नागरिक उड्डयन प्राधिकरणलाई झुक्याएका थिए। प्रहरीले यस घटनालाई "एउटा सामान्य क्लिनिक चलाउने पारिवारिक डाक्टरले सिधै अस्पताल छिरेर बिरामीको 'ब्रेन सर्जरी' गरे जस्तै" भयानक सुरक्षा लापरवाहीको रूपमा व्याख्या गरेको छ।
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड
अब उप्रान्त संसद्मा प्रधानमन्त्रीलाई खोजिँदैन: भीष्मराज आङदेम्बे
प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले भने- सीमासम्बन्धी अभिव्यक्ति 'क्रस बोर्डर अ…
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री…
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ
प्रतिक्रिया