माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूवगृहमन्त्री नारायणकाजी श्रेष्ठले सडकआश्रित नागरिकको व्यवस्थापनमा राज्य पूर्ण रुपमा असफल भएको बताएका छन्।
काठमाडौँ महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफू समेत विभिन्न समयमा सरकार र राज्यका जिम्मेवार पदमा रहेकाले यस अवस्थाप्रति जिम्मेवार रहेको भन्दै नेपाली जनतासँग माफी समेत मागे। श्रेष्ठले सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको पनि बताए।
उनले भने, ‘राज्यले सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिसहितका कुरामा फड्को मार्नेदेखि यस क्षेत्रमा जति काम गर्नुपर्ने थियो गर्न सकेन। म आफू पनि एक हदसम्म जिम्मेवार ठहराउँदै नेपाली जनतासामू आत्मआलोचना गर्न चाहान्छु, माफी माग्न चाहान्छु। अब हामी सबै मिलेर यो कामलाई अगाडि बढाउनुछ।’
विगतका कमीकमजोरी स्वीकार्दै सबै पक्षको आपसि सहकार्यका नागरिकलाई सम्मानजनक रुपमा बाँच्ने वातावरणको सिर्जना गर्नुपर्नेमा श्रेष्ठको जोड छ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
प्रतिक्रिया