पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण तथा खानतलासी (सर्च अपरेसन) गरेको छ ।
विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्था मजबुत बनाउन र कानूनी पालना सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो सक्रियता बढाएको हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईकाअनुसार लेकसाइड क्षेत्रमा सञ्चालित ताज क्यासिनो र महाराजा क्यासिनोमा विशेष टोली परिचालन गरी निरीक्षण गरिएको थियो । २४ सै घण्टा खुला रहने लेकसाइड क्षेत्रमा भारतीय तथा अन्य विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति रहने भएकाले उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले गस्ती समेत बढाएको छ ।
निरीक्षणका क्रममा ताज क्यासिनोमा ३४ जना र महाराजा क्यासिनोमा १० जना विदेशी पर्यटकहरू (भारतीय र चिनियाँ) फेला परेका भट्टराईले बताए ।
क्यासिनो नियमावली बमोजिम नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रोक लगाइएको सन्दर्भमा सोको कार्यान्वयन भए नभएको जाँच गर्नु प्रहरीको मुख्य उद्देश्य रहेको डीएसपी भट्टराईले जानकारी दिए ।
यस पटकको निरीक्षणमा कोही पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको उनले स्पष्ट पारे ।
पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र क्यासिनोहरूमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न प्रहरीले विशेष निगरानी राख्दै आएको छ ।
हाल लेकसाइड क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि थप सुरक्षाकर्मी र गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
प्रतिक्रिया