अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी टेलिभिजन एनबीसी न्युजको ‘मिट द प्रेस’ नामक अन्तर्वार्ता चलिरहेको बेलामा रिसाएर हिँडेका छन् । सन् २०२० को राष्ट्रपति चुनाव र ६ जनवरीको दंगासम्बन्धी प्रश्नहरूमाथि चर्को विवाद भएपछि उनले बिचमै अन्तर्वार्ता छोडेका हुन् ।
अन्तर्वार्ता पत्रकार क्रिस्टिन वेल्करसँग भएको थियो । जसमा ट्रम्पले पुनः २०२० को चुनाव धाँधली गरेको आधारहीन दाबी दोहोर्याएका थिए । वेल्करले क्यालिफोर्नियाको गभर्नर चुनाव प्रक्रिया र मतगणनाबारे प्रश्न गर्दा ट्रम्पले त्यसलाई अस्वीकार गर्दै पत्रकारमाथि नै आक्रोश व्यक्त गरेका थिए ।
ट्रम्पले एनबीसी र कार्यक्रमलाई भ्रष्ट भन्दै आरोप लगाएपछि स्थिति थप तनावपूर्ण बनेको थियो । उनले पत्रकारलाई ‘तँ या त भ्रष्ट छस् कि मूर्ख छेस्’ भनेर टिप्पणीसमेत गरे ।
वेल्करले प्रमाण मागेपछि ट्रम्पले कुनै ठोस प्रमाण प्रस्तुत नगरी चुनावमा धाँधली भएको दाबी दोहोर्याए । पछि ट्रम्पले मलाई पुग्यो भनेर माइक्रोफोन उतारेर अन्तर्वार्ता बिचमै छाडे ।
त्यसपछि वेल्करले ट्रम्पलाई अन्तर्वार्ताकै लागि भनेर आफू विस्कन्सिन आएको कुरा सम्झाइन् । यसको जवाफमा ट्रम्पले ‘म तिमीसँग एक घण्टादेखि झरीमा बसिरहेको छु, पानी पर्दै रोकिँदै गरिरहेको छ । मैले त तिमीलाई पर्याप्त समय दिइसके । तिमीले आफ्नो प्रेसलाई सिधा गर्नुपर्छ,’ भनेर हिँडे ।
अन्तर्वार्ता चलिरहँदा ट्रम्पले ६ जनवरी २०२१ मा भएको अमेरिकी क्यापिटल भवन आक्रमणमा दोषी ठहरिएका व्यक्तिहरूबारे पनि विवादास्पद टिप्पणी गरेका थिए । उनले ती व्यक्तिहरूलाई सङ्घीय अनुसन्धान निकाय (एफबीआई) ले भवनमा प्रवेश गर्न उत्साहित गरेको जस्तो आधारहीन दाबी गरेका थिए । साथै, उनीहरूले कडा सजायको डरले दोष स्वीकार गरेको बताएका थिए ।
ट्रम्प आफैँले प्रस्ताव गरेको ‘एन्टी–वेपनाइजेशन फन्ड’ अन्तर्गत ती व्यक्तिहरूलाई क्षतिपूर्ति दिने सम्भावनाबारे सोध्दा उनले स्पष्ट जवाफ दिन मानेनन् । अन्तर्वार्ता विस्कन्सिनमा गरिएको थियो र प्रसारण आइतबार गरिएको थियो । एनबीसी न्युजले ट्रम्पको अचानक अन्तर्वार्ता छोडाइबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया