मन्त्रिपरिषद् पुनर्गठन हुँदै : को–को छन् मन्त्री बन्ने रेसमा ?
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र दलको नेता परिवर्तनलाई लिएर देखिएको विवाद मन्त्रालय भागबण्डामा सहमति जुटेसँगै अन्त्य भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाह र सांसद दिवानसिंह विष्ट पक्षबीच भएको समझदारीअनुसार सरकारमा रहेका दुई राज्यमन्त्रीसहित पाँच मन्त्री हेरफेर गर्ने तयारी गरिएको छ ।
सहमति अनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री शाह पक्षले राख्नेछ भने सामाजिक विकास तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विष्ट पक्षले पाउनेछ ।
मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाउन दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।
शाह पक्षबाट विक्रमसिंह धामी, डम्मरी महरा र मधु भारती मन्त्रीको दौडमा छन् ।
विष्ट पक्षबाट पदम शाही, मानबहादुर रावल, बेलबहादुर राना, गीता चौधरी, ललिता सुनार र तुलसी देवकोटामध्येबाट समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री चयन गर्ने तयारी छ ।
विष्टले आफू मन्त्री नबन्ने बताइसकेका छन् ।
दुवै पक्षले आइतबार नाम टुंग्याएर सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया