पाकिस्तानमा राज्य विरोधी सामग्री प्रसार गरेको आरोपमा ११ जना पक्राउ
पाकिस्तानको नेसनल साइबर क्राइम इन्भेस्टिगेसन एजेन्सी (एनसिसिआईए) ले पञ्जाबका विभिन्न सहरहरूबाट ११ जना सामाजिक सञ्जाल प्रगोग कर्तालाई राज्य विरोधी प्रचार गरेको र शान्ति भड्काएको आरोपमा पक्राउ गरेको अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले रिपोर्ट गरेको छ ।
एनसिसिआईए पञ्जाबका प्रवक्ताले ती व्यक्तिहरू केही समय देखि निगरानीमा रहेको र राज्य विरुद्ध सामग्रीहरु प्रसारित गर्न विभिन्न सामाजिक सञ्जाल मार्फत राज्यका विभिन्न संस्थाहरू तथा सेना विरुद्ध अनलाइन अभियान चलाउनमा संलग्न रहेको जनाएको छ ।
प्रवक्ताले बिहीबार छापा मारेर लाहोरबाट दुई जना, फैसलाबादबाट तीन जना, मुल्तानबाट चार जना र गुजरानवालाबाट एक जनालाई पक्राउ गरेको बताउनु भएको छ । अभियुक्तहरूलाई इलेक्ट्रोनिक अपराध रोकथाम ऐन (पेटा) २०१६ का विभिन्न प्रावधानहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ, डनले रिपोर्ट गरेको छ ।
डिजिटल उपकरणहरू र सामाजिक मिडिया रेकर्डहरू अनलाइन नेटवर्कहरू र पक्राउ परेका व्यक्तिहरूसँग सम्बन्धित गतिविधिहरू पत्ता लगाउन जाँच भइरहेको अधिकारीहरूले बताएका छन् । एनसिसिआइए पञ्जाबका निर्देशक मुहम्मद अली वसीमले राज्य विरोधी प्रचार र आतङ्क र अस्थिरता सिर्जना गर्ने प्रयासरत व्यक्तिहरू प्रति कुनै पुर्वाग्रह नराखी त्यस्ता तत्वहरू विरुद्ध कारबाही जारी राख्ने बताउनुभएको छ ।
चालु महिनाको सुरुमा पन्जाबमा यसै गरी १३ जना “राज्य विरोधी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई गिरफ्तार गरी कारबाही गरेको अधिकारीहरूले बताएका छन् ।
लागुऔषधसहित ३२ जना पक्राउ
राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ
काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्र…
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
सुर्खेतको बालाजी वस्त्रालयमा प्रहरीको छापा, नगद र सुनसहित एक जना पक्राउ
प्रतिक्रिया