काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने कार्यमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित जरङ्खुमा भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले मंगलबार जनाएको छ।
गत जेठ ११ गते अपराह्न करिब ५ बजेतिर बाटोमा हिँडिरहेकी एक महिलाको घाँटीमा लगाइरहेको सुनको सिक्री स्कुटरमा आएका दुई जना अपरिचित व्यक्तिहरूले थुतेर (स्न्याचिङ) फरार भएका थिए।
उक्त घटनाको अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेज र अन्य सुराकीका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेहरूमा धादिङ घर भई हाल तारकेश्वर–७ बस्ने २० वर्षीय एनोस तामाङ र नुवाकोट घर भई हाल तारकेश्वरमै बस्ने १९ वर्षीय लाक्पा तामाङ रहेका छन्। प्रहरीले एनोसलाई लोलाङ र लाक्पालाई तिनपिप्लेबाट पक्राउ गरेको हो। यस घटनामा संलग्न अन्य आरोपीहरूमा हेमन्त तामाङ र शुक्रकुमार पात्र समेत रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट वारदातमा प्रयोग गरिएको एउटा स्कुटर, लुटिएको धनमाल बिक्रीबाट प्राप्त ७५ हजार ८ सय रुपैयाँ नगद र विभिन्न कम्पनीका ३ थान मोबाइल फोन बरामद गरेको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
लागुऔषधसहित ३२ जना पक्राउ
राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ
३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्र…
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
सुर्खेतको बालाजी वस्त्रालयमा प्रहरीको छापा, नगद र सुनसहित एक जना पक्राउ
ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ
प्रतिक्रिया