ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ

 ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १५ जनालाई पक्राउ गरेको हो । भिजिट भिसामा नेपाल आई भिसा उद्देश्य विपरीतका गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरुलाई ठमेलको होटल एसीईको चौथो, पाँचौं र छैटौ तलाबाट पक्राउ गरिएको हो । उनीहरुले उक्त रुमहरु भाडामा लिएरु विदेशी मोडल तथा युवतीहरुको फेक फेसबुक अकाउन्ट बनाइ कुराकानी गर्दै  अवैध गतिविधि गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई अध्यागमन विभाग कालिकास्थानमा बुझाइएको छ ।