देशका यी स्थानमा हुने छ वर्षा, केही ठाउँमा चट्याङको पनि सम्भावना
शुक्रबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यी प्रदेश र स्थानमा हुनेछ दुई दिन भारी वर्षा
देशका यी स्थानमा हुनेछ वर्षा
काठमाडौँमा पनि तापक्रममा वृद्धि, भैरहवामा पुग्यो ४१ डिग्री
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना,
देशका यी स्थानमा हुनेछ वर्षा
देशका यी स्थानमा हुनेछ वर्षा
प्रतिक्रिया