सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ४ सय ४९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। कैलालीको टीकापुर नगरपालिकाका ५ महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको बताए।
त्यसैगरी कैलालीको गोदावरी नगरपालिका पनि दुई महिला र एक पुरुष गरी तीन जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १२ की २२ बर्षीया युवती र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ६ की ३० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौ सय सात पुगेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट‘केपी.१’ र ‘केपी.२’ कति घातक ?
काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
प्रतिक्रिया