गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना
काठमाडौं। मधेश प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गर्नुभएको छ ।
तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मीसागर तलाउमा पूजाअर्चना गर्नुभएको हो । लक्ष्मीसागर तलाउ त्रेतायुगमा रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ । पहिले श्री लक्ष्मीनारायण मन्दिर पुग्नुभएका पोखरेलले भगवान लक्ष्मीनारायणको पूजाआराधना गर्नुभयो । त्यसअवसरमा मुलुकभरिकै मठहरुको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गर्नुभयो । मुख्यमन्त्री पोखरेल लक्ष्मीसागर पुग्नुभई पवित्र तलाउको पूजा र आरतीमा सरिक हुनुभयो ।
त्यसअवसरमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका मानमहन्थ एवं साधुसन्त र उद्योगी व्यवसायीले मुख्यमन्त्री पोखरेलको हार्दिक स्वागत गर्नुभयो । मटिहानी भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल विक्रम संवत् १७७५ मा स्थापना भएको हालको राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्दै त्यहाँ बटुकहरुले नियमित आयोजन गर्दै आएका अखण्ड रुद्राभिषेकमा सरिक हुनुभयो ।
भ्रमणका क्रममा उहाँले मटिहानीमा निर्मित अत्याधुनिक रङ्गशाला, अतिथिगृह, घण्टाघर र मटिहानी प्रवेशद्वारको अवलोकन गर्नुभएको छ । मटिहानीस्थित नवनिर्मित रङ्गशाला गत मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलसहितको भ्रमणटोलीका सदस्यलाई अतिथिगृहमा आयोजित एक समारोहबीच नगरप्रमुख मण्डलले हार्दिक स्वागत गर्दै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्नुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा शनिबार जनकपुर क्षेत्रको भ्रमणमा आउनुभएका पोखरेलको आज पोखरा फर्कने कार्यक्रम छ । यसअघि पोखरेलले महोत्तरीको बर्दिबास नगरक्षेत्रका धार्मिकस्थलको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा मधेश प्रदेशको विकास प्रयत्नलाई नजिकबाट नियाल्न पाएको पोखरेलको भनाइ छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया