गण्डकी प्रदेशसभाको रोष्ट्रमबाटै सांसद रेशम बहादुर जुग्जालीले च्याते बजेट पुस्तिका
काठमाडौँ, ९ असार : नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् ।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् ।
अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष गरे ।
अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि पनि प्रश्न गरे ।
उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी पनि गरे ।
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
गाउँ छाडेर हिड्ने प्रबृति चुनौती : मुख्यमन्त्री पाण्डे
गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक
पोखराको सम्पुर्ण जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै
गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँ…
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
प्रतिक्रिया